दुई जना महिलालाई सामहिक बलात्कार गरि बेपत्ता भएका सिन्धुली जिल्ला कमलामाई नगरपालिका–६ ढुँग्रेबासका २८ वर्षिय लक्ष्मण श्रेष्ठलाई ०७६ फागुन २० गते प्रहरीले गिरफ्तार गरेको छ ।
श्रेष्ठलाई कोठमाडौँको कोटेश्वरबाट गिरफ्तार गरिएको रामेछापका प्रहरी प्रमुख डिएसपी बसन्त पाठकले बताउनु भयो । श्रेष्ठसँगै कमलामाई नगरपालिका–२ सिन्धुलीका पुष्कर गौतम र विजय किरिङले रामेछापको धोवीबाट मन्थली आउँदै गरेको ट्रकमा रामेछापबाट दुईजना महिलालाई चढाएर लिखु तामाकोसी गाउँपालिका–७ ढ्याङ्ग्रको जङ्गलमा ल्याई सामुहिक बलात्कार गरेका थिए । ती मध्ये किरिङलाई प्रहरीले तत्काल गिरफ्तार गरेको भए पनि दुई जना बेपत्ता थिए । गिरफ्तार गरिएका श्रेष्ठलाई ०७६ फागुन २१ गते जिल्ला अदालत रामेछापमा पेस गरिएको डिएसपी पाठकले बताउनु भयो ।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।