INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका बागलुङ जिल्लाका पुर्व सेक्रेटरी ३४ वर्षीय राम बहादुर कुवँर(नविन)लाई जिल्ला प्रहरी कार्यालय गोरखाले फागुन १७ गते गिरफ्तार गरेको छ ।

बागलुङ जिल्ला वडागाउँ गाउँपालिका–५ ग्वालीचौर घर भएका कुवँरलाई गोरखा नपा–९ लक्ष्मीबजारबाट गिरफ्तार गरिएको डिएसपी वासुदेव खतिवडाले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय गोरखामा फागुन १९ गते  सार्वजनिक शान्ति विरुद्घको कसुरमा मुद्दा दर्ता गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी खतिवडाले बताउनुभयो  ।

 

 

अन्य

भिडियो