INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका–४ जरायोटार घरभई  बसका सहचालक २० वर्षीय  संचित राना मगरलाई फागुन १६ गते भैरहवा बसपार्कबाट गिरफ्तार गरेको छ ।

आरोपितले  धम्की दिएर फागुन १५ गते भैरहवा बसपार्कमास्थित होटल काठमाण्डौमा लगेर  बलात्कार गरेको भन्दै पीडितले  फागुन १६ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिनु भएको थियो । उजुरीका आधारमा कारवाही अगाडि बढाएको डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १६ गते  भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।

 

अन्य

भिडियो