INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया  महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुकुम पश्चिम  जिल्ला मुसीकोट नगरपालिका–५ घरभई मालपोत कार्यालय मझगाँवा रुपन्देहीमा कार्यरत ४१ वर्षीय तिलकबहादुर राउतलाई फागुन १६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाए फागुन ११ गते बलात्कार गरेको भन्दै पीडित महिलाले फागुन १६ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिनु भएको थियो । उजुरीका आधारमा कारवाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका  डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १६ गते  भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो