जिल्ला प्रहरी कार्यालय धादिङले विष्फोटक पदार्थ र आगजनी मुद्दामा फरार रहेको आरोपमा प्रतिबन्धित नेकपाको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ धादिङका अध्यक्ष ३५ वर्षीय त्रिचन्द्र देवकोटालाई ०७६ फागुन १६ गते प्रहरीले गिरफ्तार गरेको छ ।विष्पोटक प
दार्थ र सङ्गठित अपराध मुद्दामा फरार रहेका गल्छी गाउँपालिका–३ छांगेटार निवासी त्रिचन्द देवकोटालाई प्रहरी टोलीले नीलकण्ठ नगरपालिका–६ बाट गिरफतार गरेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम् डिएसपी रुपक खड्कालेजानाकारी दिनु भयो ।
देवकोटालाई ०७६ असार १० गते सिद्धलेक गाउँपालका– ६ मुक्तिनाथको मन्दिर नजिक कालुपाण्डे राजमार्गमा तरकारी राख्ने प्लाष्टिकको क्रेटमा बम राखी स्थानीय मानिस र सवारी चालकहरूलाई आतङ्कित बनाएको, ०७५ फागुन ११ गते थाक्रे गाउँपालिका–११ स्थित मान्खुमा रहेका एनसेलको टावरमा आगजानी गरेको, ०७५ माघ २५ गते सिद्धलेक गाउँपाकिला–१ बैरेनी स्थित कालुपाण्डे राजमार्गमा प्रेसर कुकर बम राखी राजमार्ग अवरोध गरी स्थानीयलाई आतङ्कित बनाएको आरोप प्रहरीले लगाएको छ ।
जिल्ला पहरी कार्यालयको हिरासतमा राखिएका देवकोटाको प्रहरीले फागुन १६ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेको छ ।