६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न चेतानामूलक कार्यक्रमको आयोजना गरी देशभर मनाईँदै छ । दिवसको अवसरमा काठमाडौँमा विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसस्थाहरूले मङ्सिर २५ गते र्याली निकालेका छन् ।
भृकुटिमण्डपबाट निकालिएको र्याली प्रदर्शनीमार्ग, पुतलीसडक, बागबजार हुँदै रत्नकपार्कस्थित शान्तिवाकिामा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीका सहभागिहरूले सबै खाले मानव अधिकार उल्लङ्घनका घटनालाई अपराध घोषण गरी दोषीलाई कारबाही गर, द्वन्द्पीडितलाई न्याय देउ, महिला हिंसाको अन्त्य गर, अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितता गर, जातीय छुवाछुत तथा विभेदको अन्त्य गर, बालबालिकाको अधिकार सुनिश्चितता गर, लैङ्गिक समानता कायम गर, संविधानको कार्यान्वयन गर, समावेशीताको सुनिश्चितता गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
र्यालीमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, नेपाल प्रहरी, चाइल्ड नेपाल, मितिनि नेपाललगायत अधिकारको क्षेत्रमा कार्यरत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
