INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय बालकलाई भारतमा बेचबिखन गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा – ४ का ३६ वर्षीय काजु चौधरीलाई फागुन ८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई ०७५ चैत २५ गते आरोपितले भारतीय नम्बरको जीपमा राखेर भारतको हिमाञ्चल प्रदेशको सिमलामा लगेर बेचबिखन गरेको भन्दै पीडित पक्षले ०७६ असोज ५ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएकाथिए । उजुरी पछि फरार रहेका आरोपितलाई  गिरफ्तार गरिएको इन्स्पेक्टर चक्रडम्बर पालले बताउनु भयो  ।

बेचबिखनमा परेका बालकलाई कञ्चनपुरका पत्रकार दिपेन्द्र बस्नेत लगायतको सक्रियतामा भारतको सिमलाबाट ०७६ भदौ २३ गते उद्धार गरी भदौ ३१ गते तुलसीपुर उपमनपालाई जिम्मा लगाइएकामा  उपमनपाले सोही दिन परिवारको जिम्मा लगाएको थियो ।

अन्य

भिडियो