१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाँउपालिका–१ थुमुवा पिपराका २२ वर्षीय पंकज तिवारी, २३ वर्षीय बृजेश त्रिपाठी र १६ वर्षीय एक बालकलाई फागुन ५ गते सम्मरीमाईबाट गिरफ्तार गरेको छ ।
पीडितलाई फागुन ५ गते आरोपितहरूले झुक्याएर घर बाहिर बोलाइ बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय मर्चवारमा फागुन ५ गते उजुरी दिएका थिए ।
उजुरीका आधारमा कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ५ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।