नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका गोरखा जिल्ला सेक्रेटरी दाङ तुलसीपुर उप मनपा–५ का ४४ वर्षीय लोक बहादुर वली र गोरखा गण्डकी गाउँपालिका–४ फुजेलका ४३ वर्षीय कृष्ण पन्तलाई प्रहरीले फागुन २ गते गिरफतार गरेको छ ।
गोरखा नपा–१३ मझुवा देउरालीबाट गिरफ्तार भएका उनीहरु साथबाट विप्लव समूहको राजनैतिक दस्ताबेज, पार्टीको झण्डा, ३२ हजार संकलित चन्दा रकम, चन्दा रसिद र तीन थान मोबाइल बरामद भएको डिएसपी वासुदेव खतिवडाले बताउनुभयो ।
उनीहरु माथि अनुसन्धान भइरहेको र फागुन ४ गते मुद्दा दर्ता गरिने जानकारी डिएसपी खतिवडाले दिनुभयो ।