७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चितवन अदालतले १७ वर्षीय बालकलाई १८ वर्ष ६ महिना कैद फैसला गरेको छ । साथै पीडकबाट पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने समेत फैसला भएको चितवन अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले बताउनुभयो ।
जिल्ला न्यायधीश हेमन्त रावलको इजलासले माघ २४ गते यो फैसला गरेको हो । ०७५ भदौ ८ गते आरोपितले पीडितलाई बलात्कार गरेको भन्दै पीडितको आमाले ०७५ भदौ ८ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिनुभएको थियो ।
०७५ असोज २ गते भएको चितवन अदालतको पूर्पक्षको आदेशबाट आरोपित बालक बाल सुधार गृह हेटौडामा पठाइएको थियो । बालकलाई प्रहरीले भदौ ८ गते नै गिरफ्तार गरेको थियो । पीडितको भदौ ९ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।