१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वुद्धशान्ति गाँउपालिका–२ का २७ वर्षीय एक कमल भनिने दिलकुमार कामीलाई माघ २१ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई फकाएर पटक–पटक बलात्कार गर्दै आएको र अन्तिम पटक माघ १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध माघ १६ गते इलाका प्रहरी कार्यालय धुलावारीमा उजुरी दिएपछि गिरफ्तार गरेको इन्स्पेक्टर कैलाश चौधरीले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा माघ २१ गते गरिएको छ ।