INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज सल्यान जिल्ला कुमाख गाउँपालिका–३ का ३९ वर्षीय बालकृष्ण शर्मा र दाङ जिल्ला तुलसीपुर उपमनपा–८ कटकुइयाका ३९ वर्षीय प्रदिपबहादुर वलीलाई प्रहरीले माघ २१ गते पुनः गिरफ्तार गरेको छ ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले माघ २१ गते रिहा गर्ने  आदेश दिए लगत्तै प्रहरीले अदालतको गेट बाहिरबाट गिरफ्तार गरेको हो ।

प्रदिपका भाई डिल्लीबहादुर वलीले माघ ११ गते दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई गर्दे न्यायाधीशद्वय केशवराज जोशी र नारायण प्रसाद पोखरेलको इजलासले रिहा गर्ने  आदेश जारी गरेको थियो ।

राज्य विरूद्धको अपराधको आरोपमा  असोज ३० गते दाङबाट गिरफ्तार गरिएका आरोपितद्वयलाई  जिल्ला अदालत दाङले  जनही १५ हजार धरौटी रिहा गरेको थियो । धरौटी बुझाएर  माघ ७ गते रिहा भएका  आरोपितद्वयलाई अदालत परिसरबाट गिफ्तार गरेको थियो ।

 

अन्य

भिडियो