१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय पोखरियाले ४० वर्षीय बुवालाई माघ २० गते गिरफ्तार गरेको छ ।
आफ्नै घरमा बन्धक बनाएर आफुलाई बलात्कार गर्दै आएको बताउँदै पीडितले मौका छोपी घरबाट भागेर इलाका प्रहरी कार्यालय पोखरियामा माघ २० गते बुवाले बलात्कार गरेको मौखिक जानकारी गराए पछि घटना सार्वजनिक भएको हो ।
माघ १७ गते देखी आफुलाई बलात्कार गर्दै आएको बालिकाको आरोपको आधारमा गिरफ्तार गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।
घटना बारे सोधपुछ गर्न बुवा सहित आमा र छोरीलाई पनि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी कार्यालय पोखरियाका सई उपेन्द्र यादवले बताउनु भएको छ ।
पीडित बालिकाको माघ २० गते नारायणी आस्पतालमा स्वास्थ्य परिक्षण भएको प्रहरीले जनाएको छ ।