INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भारत स्थायी घर भइ हाल बेसीशहर नपा–३ रानीकुवामा व्यवसाय गर्दै आएका ३५ वर्षीय प्रवेश खानलाई ०७६ माघ २० गते गिरफ्तार गरेको छ ।

आरोपितले माघ १८ गते राति पीडित माथि हातपात र बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले माघ १९ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यलयका डीएसपी रवीन्द्रमान गुरुङले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण ०७६ माघ १९ गते जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा गरिएको र आरोपितलाई थप अनुसन्धानको लागि थुनामा राखिएको जानकारी डीएसपी गुरुङले दिनुभयो ।

 

 

अन्य

भिडियो