INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

चितवन जिल्ला खैरेनी नपा—१ घर भई प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा रौतहट जिल्ला सेक्रेटरी ३४ वर्षीया सृजना शाही भनिने दिर्शनाकुमारी शाही र चन्द्रपुर नपा–३ इपिलबस्ती टोल बस्ने जिल्ला समिति सदस्य ३२ वर्षीय दुर्गा बललाई प्रहरीले गिरफ्तार गरी माघ १४ गते सार्वजनिक रहेका छन् ।

अपराधिक क्रियाकलाप तथा गतिविधिमा संलग्न रहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरको प्रहरी टोलीले माघ १३ गते चन्द्रपुर–३ इपिलघारी स्थित अलग अलग घरबाट गिरफ्तार गरेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी हेमबहादुर शाहीले जानकारी दिनु भएको छ । विषेश आर्थिक अभियानका नाममा रौतहटका जनप्रतिनिधि, उद्योगी, व्यवसायी, कर्मचारीलाई डरत्रास देखाई मोटो रकम असुल्ने गरेको डिएसपीले बताउनु भयो ।

सेक्रेटरी शाही स्थानीय इन्द्र थिङको घरमा बसेकी थिइन् । प्रहरीले दुबै जनाको साथबाट प्रतिबन्धित पार्टीको दस्तावेजहरू, मोबाइल, सिमकार्ड, विस्फोटका लागि राखिएको तार, विस्फोटका लागि प्रयोग गरिने साना पेचकस समेत बरामद गरेको छ ।

गिरफ्तार परेको आरोपितहरु पुस १५ गते गुजरा नपा–८ जुगौलीया टोलमा रहेको एनसेलको टावर र गएको माघ १३ गते चन्द्रपुर–२ कलटोलमा रहेको एनसेल टावरमा आगजनी गरी क्षती पुर्‍याई अपराधिक क्रियाकलाप र गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो