माडी नगरपालिकामा ५५ वर्षीया महिलालाई माघ १५ गते साँझ सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई इलाका प्रहरी कार्यालय माडीले माघ १५ गते गिरफ्तार गरको छ ।
घटनामा संलग्न भएको आरोपमा माडी नगरपालिका–४ शिलतपुरका २८ वर्षका रमेश सारु मगर, २५ वर्षीय सुरेश चापागाई र १८ वर्षीय सन्दिप भण्डारीलाई गिरफ्तार गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माले बताउनुभयो ।
पीडित महिलाका आफन्तले घटना भएकै दिन माडीस्थित इलाका प्रहरी कार्यालयमा मौखिक उजुरी गरेका थिए । पीडित बोल्न नसक्ने प्रकृतिको शारीरिक अशक्तता रहेको प्रहरी निरीक्षक विश्वकर्माले बताउनुभयो । पीडित महिलाको माघ १६ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको भएको छ ।