नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट जनप्रतिनिधि परिषद्का जिल्ला अध्यक्ष मधुवन–८ का ६६ वर्षीय जयबहादुर ठाडामगर र जिल्ला सदस्य बढैयाताल गाउँपालिका–४ का ५० वर्षीय रोहितकुमार सुनारलाई प्रहरीले माघ १४ गते गिरफ्तार गरेको छ ।
मधुवन नगरपालिका–४ महुवास्थित बबई नहरमा आरोपितहरूलाई गिरफ्तार गर्ने क्रममा आफैले बोकेको पेस्तोल पड्किदा प्रहरी जवान ३२ वर्षीय गङ्गाराम चौधरी घाइते भएका छन् । दायाँ तिघ्रामा गोली लागेका गंगारामलाई उपचारकालागि भेरी अस्पताल, नेपालगन्जमा लगिएको जिल्ला प्रहरी कार्यालयका डिसपी योगेन्द्र कुमार खड्काले बताउनु भयो ।
मगर र सुनारको स्वास्थ्य परीक्षण माघ १४ गते जिल्ला अस्पताल गुलरियामा गरिएको प्रहरीले जनायो ।