नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले माघ १४ गते सितगङ्गा नपा–११ स्थित प्रगतिशिल सामुदायिक बन उपभोक्ता समितिको काठ कब्जा गरेको घोषणा गरेको छन ।
बनको काठ अवैध रुपमा उपभोक्ता समितिका अध्यक्ष र ठेकेदारको मिलेमतोमा बिक्रि बितरण गरेको आरोप लगाउदै झण्डा गाडेर काठ कब्जामा लिएको घोषणा गरेका हुन् ।
उक्त पार्टीका कार्यकर्ताहरूले झण्डा गाडेर काठ कब्जामा लिएको जानकारी प्राप्त भएपनि उपभोक्ता समितिबाट औपचारिक सुचना प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका इन्पेक्टर राम नारायण गुप्ताले बताउनु भयो ।