INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सदस्य राप्ती गाउँपालिका–१ भालुवाङका ४६ वर्षीय भीमबहादुर पुनलाई प्रहरीले माघ १३ गते गिरफ्तार गरेको जनाएको छ  ।

कुखुराको दाना लिन भालुवाङ बजारमा  गएका पुनलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले सोधपुछका लागि भन्दै गिरफ्तार गरेको पुनका आफन्त खलु पुनले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका एसपी जनकप्रसाद भट्टराईले पुनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताउनु भयो ।

अन्य

भिडियो