१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–२ सरौलीका १९ वर्षीय सुमन सुनारलाई माघ १२ गते सैनामैनाबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ ११ गते बलात्कार गरेका भन्दै पीडित पक्षले माघ १२ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए । उजुरीका आधारमा कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालयका डिएसपी भीमलाल भट्टराईले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १२ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको प्रहरीले जनायो ।