INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घिरिङ गाउँपालिका–५ का २९ वर्षीय प्रेमबहादुर थापालाई ०७६ माघ १० गते गिरफ्तार गरेको छ ।

 

पीडितका आफन्तले सोही दिन इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएपछि आरोपितलाई शुक्लगण्डकी नगरपालिकाको बेलचौताराबाट गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय भिमादका इन्चार्ज सई भेषराज रेग्मीले जानकारी दिनुभयो ।

रेग्मीका अनुसार आरोपितले मानसिक सन्तुलन कमजोर भएकी उक्त महिलालाई घर भित्रै पसेर माघ ३ गते बलात्कार गरेको प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ ।

पीडितको स्वास्थ्य परीक्षण माघ १० गते दमौली अस्पतालमा गरिएको सई रेग्मीले जानकारी दिनुभयो ।

 

अन्य

भिडियो