गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि माघ ९ गते भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
अन्य र महिला गरि दुई सदस्यका लागी भएको निर्वाचनमा नेकपाका उम्मेदवार नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी हुनभएको मुख्य निर्वाचन अधिकृत काजिबहादुर राईले जानकारी दिनुभयो ।
श्रेष्ठले काग्रेंसका सुर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।
जिल्ला निर्वाचन कार्यालय, कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार श्रेष्ठले ३ हजार ४ सय ६२ मत ल्याउँदा रेग्मीले २ हजार २ सय ४४ मत ल्याउनुभयो ।
त्यस्तै महिला समूहतर्फ भएको निर्वाचनमा नेकपाकी नेतृ न्यौपाने ३ हजार ३ सय ६६ मत ल्याइ विजयी हुनभएको हो ।
गण्डकी प्रदेश सभाका ६० जना सदस्य र गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष , नगर प्रमुख र उपप्रमुख गरि १ सय ६८ जनाले मतदान गरेका थिए ।
कास्की जिल्ला निर्वाचन कार्यलयमा भएको मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको थियो ।
निर्वाचनमा नेकपा, कांग्रेस र राष्ट्रिय जनमोर्चा गरि ५ जनाले उम्मेदवारी दिएका थिए ।
