नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रोल्पा जिल्ला थवाङ गाउँपालिका–१ का ३५ वर्षीय अमित घर्ति मगर र सोही ठाउँका ४३ वर्षीय हितप्रसाद रोकालाई प्रहरीले माघ ६ गते गुलरियाबाट गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले शङ्काष्पद गतिविधिको आरोपमा गुलरिया नपा–६ बाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्रकुमार खड्काले बताउनु भयो ।
आरोपितद्वयको स्वास्थ्य परीक्षण माघ ६ गते जिल्ला अस्पताल, गुलरियामा गरिएको प्रहरीले जनायो ।