नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई प्रहरीले धरौटी रकम बुझाए पश्चात जिल्ला अदालत परिसरबाटै माघ ६ गते पुनः गिरफ्तार गरेको छ ।
जिल्ला अदालतको पुस ७ गतेको आदेश अनुसार माघ ५ गते जनही १५ हजार रूपियाँ धरौटी बुझाएका राप्ती व्यूरो सदस्य तुलसीपुर उमनपा–१९ का ६५ वर्षीय रामबहादुर थापा, दाङ जिल्ला इन्चार्ज राप्ती गापा–५ का ४६ वर्षीय यमलाल कटुवाल, थवाङ स्वायत्त क्षेत्र इन्चार्ज रोल्पा जिल्ला थवाङ गापा–१ का ४३ वर्षीय हितप्रसाद रोका, थवाङ स्वायत्त क्षेत्र सेक्रेटरी ३५ वर्षीय अमित घर्तीमगर र पार्टी सदस्य शान्तिनगर गापा–२ का ४९ वर्षीय इन्द्रबहादुर वलीलाई प्रहरीले गिरफ्तार गरेको हो ।
प्रहरीले उनीहरूलाई ०७६ असोज ३० गते दाङ जिल्ला राजपुर गापा–४ बाट गिरफ्तार गरी राज्य विरूद्धको संगठित अपराधमा मुद्दा चलाएको थियो ।