INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पचरौता नपा१ पिपरपाती टोल की ३२ वर्षीया मालती देवी नुनियालाई हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति रामदयाल महतोलाई माघ ५ गते गिरफ्तार गरेको छ ।

पत्नीको हत्या घटनाका आरोपितलाई दिउँसो कलैया उपमहानगरपालिका१ बजारबाट गिरफ्तार गरि घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी विकाशराज खनालले बताउनु भयो । पुस ३ गते राती पति र पत्नी बिच घरायसी झैझगडा भएको स्थानीयले जनाएको एसपी खनालले जानकारी दिनु भयो ।

पुस ४ गते बिहान मृतकको घरमा पुगी खोजतलास गर्दा केही नभेटेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका सई विरेन्द्र महतोले बताउनु भयो । मृतक महिलाको माइत भारतमा रहेको पचरौता नगरपालिका वडा नं. १ का वडा अध्यक्ष जगतनारायणप्रसाद यादवले बताउनु भयो ।

प्रारम्भिक अनुसन्धानका क्रममा रामदयालले पत्नी मालतीदेवीको हत्या गरेर जलाउँदै गरेको रहस्य खुलेपछि शव नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको एसपी खनालले बताउनु भयो । शव जलाउँदै गरेको अवस्थामा आगो निभाएर बाँकी रहेको कम्मर र गोडाको भाग नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको एसपी खनालको भनाई थियो ।

रामदयालले पत्नी मालतीदेवीको हत्या गरी जलाएको भन्दै माइती पक्षले प्रहरी चौकी पिपरपातीमा पुस ४ गते बिहान जानकारी गराएका थिए । पुस ५ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको एसपी खनालले बताउनु भयो ।

घटनाका आरोपित पति रामदयाल र उनका परिवारका सदस्यहरू सोही दिन रातीदेखि फरार रहेको प्रहरीले जनाएको थियो । शवको पुस ५ गते कलैया अस्पतालमा पोष्टमार्टम गरि थप परीक्षण गर्न नमुना केन्द्रिय अनुसन्धान व्यूरो काठमाडौँ पठाएको एसपी खनाले जानकारी दिनु भयो ।

अन्य

भिडियो