१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा माहाकाली नपा– ८ का २१ वर्षीय दिनेश रोकायालाई माघ ६ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले माघ ४ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले माघ ४ गते इलाका प्रहरी कार्यालय, दोधाराचाँदनीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, दोधाराचाँदनीका इन्सपेक्टर लालबहादुर बमले बताउनु भयो ।
इन्सपेक्टर बमका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण महाकाली अस्पतालमा माघ ५ गते गरिएको छ ।