INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता जिल्ला प्रशासन परिसरबाट पुनःगिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रबिन्धित नेकपाका कार्यकर्ता घोडाघोडी नगरपालिका— ८ तिलकहनीका ३९ वर्षीय छवी लामिछाने भन्ने टेकबहादुर बिकलाई  प्रहरीले माघ ५ गते जिल्ला प्रशासन कार्यालय,कैलालीको परिसरबाट पुनःगिरफ्तार गरेको छ ।

जिल्ला प्रशासन कार्यालय,कैलालीले माघ ५ गते टेकबहादुर बिकलाई १० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि  आरोपितले जिल्ला प्रशासनमा धरौटी बुझाएर फर्किने क्रममा प्रहरीले जिल्ला प्रशासन कार्यालयको गेट बाहिरबाट  गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका  डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।

आरोपित बिकलाई ०७६ पुस ८ गते जहरी सामुदायिक बनका उपभोक्ताहरूलाई धम्की दिएको आरोपमा इलाका प्रहरी कार्यालय, सुखडले गिरफ्तार गरी पुस ८ गते जिल्ला प्रशासन कार्यालय ,कैलालीमा सार्वजनिक मुद्दा दर्ता गरेको थियो ।

 

 

अन्य

भिडियो