INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

५८ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–४ एकलीका २८ वर्षीय विनोद चौधरीलाई पुस २८ गते गिरफ्तार गरेको छ ।

घर नजिकैको  धारामा पानी लिन गएकी वृद्धालाई पुस २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । घटनाको अनुसन्धान भइरहेको डिएसपी हरिहरनाथ योगीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २८ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।

 

 

अन्य

भिडियो