नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य तुलसीपुर उपमनपा–९ का ४६ वर्षीय इश्वरी पाण्डेलाई प्रहरीले पुस २८ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, घोराहीबाट खटिएको प्रहरी टोलीले मलामी जाँदै गरेका पाण्डेलाई तुलसीपुर उपमनपा–९ शिवपुरबाट गिरफ्तार गरेको हो ।
पाण्डेको स्वास्थ्य परीक्षण पुस २८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको डिएसपी हरिहरनाथ योगीले बताउनु भयो ।