२५ वर्षीया महिलालाई मङ्सिर १९ गते बलात्कार प्रयास गरेको आरोपमा टोकरपुर बस्ने २७ वर्षीय अरुण पटेललाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित पक्षले आफूमाथि दुर्व्यवहार गरेको भनि सामुदायिक मेलमिलाप केन्द्र टोकरपुरमा मङ्सिर १९ गते नै निवेदन दिएपछि घटना सार्वजनिक भएको थियो ।
मेलमिलाप केन्द्रले सो निवेदन इलाका प्रहरी कार्यालय टोकरपुरमा पठाएपछि आरोपित पटेललाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमोद ढुङ्गेलले बताए ।