INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भीमदत्त नपा –४ का रामसिंह धामीलाई पुस २२ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आफूमाथि पुस २० गते राति महेन्द्रनगरस्थित एक होटेलमा सामूहिक बलात्कार भएको भन्दै पीडित महिलाले पुस २१ गते आरोपितका बिरूद् जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित धामीलाई  गिरफ्तार गरी अनुसन्धान भइरहेको र अर्का अरोपित तिलक साउदको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय,कञ्चनपुरका डिएसपी रबिन्द्र पौडेलले बताउनु भयो ।

पीडित महिलाको स्वस्थ्य परिक्षण पुस २१ गते महाकाली अस्पताल,महेन्द्रनगरमा गरिएको जिल्ला प्रहरी कार्यालय,कञ्चनपुरले जनाएको छ ।

 

अन्य

भिडियो