INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपा निकट युवासंघका जिल्ला सदस्य गिरफ्तार

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट युवासंघ दाङका जिल्ला सदस्य तुलसीपुर उपमनपा–५ का २८ वर्षीय अर्जुन शाहीलाई प्रहरीले पुस २० गते गिरफ्तार गरेको  जनाएको छ ।

शाही उपर प्रदेश सभा  निर्वाचनका क्रममा  ०७४ मङ्सिर १२ गते    डिउटीमा रहेका तुलसीपुर उपमनपा– १२ का म्यादी प्रहरी विनोद चौधरीलाई बम विस्फोट गराई हत्या गरेको  र एनसेल टावरमा आगजनी सम्बन्धि  मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी जनकप्रसाद भट्टराईले बताउनु भयो ।

आरोपितलाई शान्तिनगर गाउँपालिका– ४ भलानेटीमा क्यारेम बोर्ड खेल्दै गरेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो । शाहीको  स्वास्थ्य परीक्षण पुस २० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो