INSEC Online

📅 २०८३ जेष्ठ २१

बम विस्फोटका मुख्य योजनाकार मानिएका विप्लवका नेता राइन गिरफ्तार

 

धनुषा प्रहरीले नेपाल सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्वल) का नेता आदम राइनलाई पुस १६ गते गिरफ्तार गरेको धनुषाका एसपी रमेशकुमार बस्नेतले पुष्टि गर्नु भएको छ । राइनलाई धनुषाको पूर्वी ग्रामिण क्षेत्रबाट गिरफ्तार गरिएको भनिए पनि प्रहरीले कहाँबाट समातिएको भन्ने बारे प्रष्ट पारेका छैनन् । एसपी बस्नेतले भन्नु भयो आदम राइनलाई समाति सकिएको छ, अनुसन्धान भई रहेकाले गर्दा अहिले नै सबैकुरा बताउन सकिन्न । घटनामा अझै संलग्न हुनेहरुको खोजी हुँदैछ ।

धनुषा प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका आदम राइनलाई प्रहरीले महेन्द्रनगरमा भएको बम बिष्फोट घटनाको मूख्य योजनाकार रहेको ठम्याई रहेको छ । महेन्द्रनगरमा मङ्सिर २७ गते राति १२:१० बजे राजेश साहको घरको ढोकामा राखिएको कुकर बम विस्फोटमा परेर ३ जनाको मृत्यु भएको थियो भने ४ जना गम्भिर घाइते भएका थिए ।

घटनापछि मुख्य योजनाकार मानिएका विप्लव समुहका नेता आदम राइनलाई प्रहरीले मोस्ट वान्टेडको सूचीमा राख्दै खोजी गर्दै आएका थियो ।

आरोपित राइन नेकपा (विप्लव) का केन्द्रीय सदस्य रहेको प्रहरीले दाबि गरेको छ । गिरफ्तार गरिएको राइनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको थुनामा राखेर अनुसन्धान भई रहेको धनुषाका एसपी रमेशकुमार बस्नेतले जानकारी दिनु भएको छ ।

प्राप्त जानकारी अनुसार आदमलाई प्रहरीले पुस १६ गते नै राति पक्राउ गरेको बुझिएको छ । बम विष्फोटमा परेर घरमुलि राजेश साह र आनन्द साह र प्रहरी निरीक्षक दाहाल समेतको ज्यान गएको थियो भने दुईजना घाइतेको उपचार भएको थियो ।

अन्य

भिडियो