INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता भएको आरोपमा गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता रहेको आरोपमा प्रहरीले ठाँटीकाँध गाउँपालिका–६ लामामेलाका ३२ वर्षीय प्रदीप विकलाई पुस १६ गते घरबाटै गिरफ्तार गरेको छ ।
शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने जानकारीका आधारमा विकलाई गिरफ्तार गरेर हिरासतमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, दैलेखका डिएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो ।
विक स्थानीय सूर्योदय आधारभूत विद्यालयका कार्यालय सहयोगी भएको र प्रतिबन्धित नेकपाका कार्यकर्ता भएनभएका बारेमा आफुलाई जानकारी नरहेको ठाँटीकाँध गाउँपालिका–६ का वडाध्यक्ष नर्तम बुढाले जानकारी दिनुभयो ।

अन्य

भिडियो