INSEC Online

📅 २०८३ जेष्ठ २१

हतियारसहित प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सहसचिव चन्द्रबहादुर बस्नेतलाई प्रहरीले हतियारसहित पुस १२ गते गिरफ्तार गरेको छ ।

मिक्वाखोला गाउँपालिका–२ का ३१ वर्षीय चन्द्रबहादुर बस्नेतलाई प्रतिबन्धित पार्टीमा आवद्घ भएको र हतियार कारोबारमा संलग्न रहेको आरोपमा पुस १२ गते गिरफ्तार गरी पुस १३ गते सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताउनुभयो ।

गिरफ्तारीमा परेका बस्नेतको साथबाट ईलेक्ट्रिक डेटोनेटर–७ थान, नन ईलेक्ट्रिक डेटोनेटर–१७ थान, सेफ्टी फ्यूज वायर तीन फिट आठ इन्च भएको समान, टाइम सेटिङ डिभाइस जस्तो देखिने–३ थान, रिमोट कन्ट्रोल–३ थान, ब्याट्री सेट–२ थान, जिलेटिन (निओजेल ९० लेखिएको) ४५ पिस, सलाईको बट्टा–२ थान, कटुवा पेस्तोल–१ थान, सहयोग रसिद १ बुक र विभिन्न पुस्तक तथा दस्तावेजहरू प्राप्त गरेको प्रहरीले जनाएको छ ।

बस्नेतलाई हात हतियार खरखजाना तथा विस्फोटक पदार्थसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको डिएसपी ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो ।

अन्य

भिडियो