INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका जिल्ला सचिव गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका बागलुङ जिल्ला सचिव ३२ वर्षीय रामबहादुर कुँवर (नविन) लाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनी बसपार्कबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले बताउनुभएको छ ।

बागलुङको बडीगाड गाउँपालिका–५ बस्ने कुँवरलाई पहिलो पटक बागलुङको खरबाङ प्रहरी चौकीबाट खटिएको टोलीले ०७६ असोज ७ गते घरैबाट गिरफ्तार गरेको थियो ।

प्रतिबन्धित नेकपाको जिल्ला सचिव समेत रहेका कुँवरले व्यवसायीहरूलाई डर धम्की देखाएर चन्दा असुली गर्ने जस्ता आपराधिक गतिविधि तथा बागलुङ जिल्लाका विभिन्न स्थानमा एनसेल टावरमा भएको आगलागीमा संलग्नता रहेको आरोपमा असोजमा बागलुङ प्रहरीले गिरफ्तार गरेको प्रहरीले जनाएको छ । ।

अन्य

भिडियो