१५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बुवालाई पुस १५ गते देवदहबाट गिरफ्तार गरेको जनाएको छ ।
पीडितलाई आरोपितले मङ्सिर ३ गते घरमा एक्लै भएको अवस्थामा बलात्कार गरेको भन्दै पीडितकी आमाले पुस १५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको डिएसपी भीमलाल भट्टराईले बताउनुभयो ।
घटनाका बारेमा पीडितले विद्यालयमा साथीहरूलाई बताए पछि घटना बाहिर आएको थियो । पीडित पक्षको उजुरीका आधारमा कारवाही अगाडी बढाइएको डिएसपी भट्टराईले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस १५ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको प्रहरीले जनायो ।