INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुईजना कार्यकर्ताहरूलाई प्रहरीले पुस १ गते सानीभेरी गाउँपालिका–३ चौखेबाट गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा आठबिसकोट नपा–११ गोईरी बस्ने १९ वर्षीय बसन्त चन्द र चौरजहारी नपा–४ बस्ने १६ वर्षीय बालक अतिराम रोकायालाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

गाउँघर, विद्यालय तथा व्यापारीहरूबाट चन्दा असुली गर्ने गरेको भनेर गुनासो आएपछि दुवै जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डिएसपी सुमित खड्काले बताउनुभयो ।

गिरफ्तार गरिएका चन्द पार्टीको जिल्ला समिति सदस्य र रोकाया विद्यार्थी सङ्गठन र जनपत्रकार सङ्गठनसँग आबद्ध रहेको डिएसपी खड्काले जानकारी दिनुभयो ।

स्कुले विद्यार्थीको प्रयोग गरी भित्तामा पेन्टिङ गरिरहेको अवस्थामा दुवै जनालाई गिरफ्तार गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमले जनाएको छ ।

अन्य

भिडियो