INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका जिल्ला सचिव अदालत परिसरबाटै पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा, बागलुङका जिल्ला सचिव ३२ वर्षीय रामबहादुर कुँवर (नविन) लाई जिल्ला प्रहरी कार्यलय बागलुङले मङ्सिर २३ गते जिल्ला अदालत बागलुङबाट पुनः गिरफ्तार गरेको छ ।

असोज ७ गते गिरफ्तार गरेर अनुसन्धान गरिरहेका कुँवरलाई मङ्सिर २३ गते जिल्ला अदालत बागलुङले १५ हजार रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

तर, अदालतको आदेशको अवेज्ञा गर्दै जिल्ला प्रहरी कार्यलय बागलुङले कुँवरलाई अदालत परिसर बागलुङबाट पुनः गिरफ्तार गरेको हो ।

प्रतिबन्धित नेकपाका जिल्ला सचिव समेत रहेका कुँवरलाई स्थानीय व्यवसायीहरूलाई डर धम्की देखाएर चन्दा असुली गर्ने, जिल्लाका विभिन्न स्थानमा एनसेल टावरमा भएको आगलागीमा संलग्नता रहेको आरोप प्रहरीले लगाएको छ ।

अन्य

भिडियो