INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि गर्भ रहेको भन्दै कारवाहीको माग गर्दै प्रहरीमा उजुरी

२६ वर्षीया सुस्तमनस्थिति भएकी युवतीलाई अपरिचित व्यक्तिले बलात्कार गरी गर्भवति बनाएको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको छ ।

दिदीको घरमा बस्दै आएकी युवतीको पेट बढ्दै गएपछि आफन्तले राप्ती प्रादेशिक अस्पतालमा मङ्सिर २० गते स्वास्थ्य परीक्षण गर्दा सात महिनाको बच्चा देखिएपछि पीडित पक्षले मङ्सिर २२ गते बलात्कारमा संलग्नको पत्ता लगाई उचित क्षतिपूतिको माग गर्दै उजुरी दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी हरिहरनाथ योगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पीडित बोल्न नसक्ने, सुस्तमनस्थितिको रहेकाले केही समस्या भएपनि घटनाको अनुसन्धान थालिएको छ ।

अन्य

भिडियो