INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी र विद्यार्थीबिच झडप, दुई जना घाइते

चितवन मेडिकल कलेज भरतपुरमा एमबिबिएस र बिएनएसमा अध्ययनरत विद्यार्थी र प्रहरीबिच मङ्सिर १९ गते झडप भएको छ ।

कलेज प्रशासनमा लगाइएको ताला फोरिएको भन्दै विद्यार्थीहरुले अवरोध गरेपछि प्रहरीले लाठ्ठी चार्ज गरेको थियो ।

सो क्रममा भरतपुर मनपा ९ की २४ वर्षीया विद्यार्थी ममता थापा र मकवानपुर मनहरीका ३४ वर्षीय प्रहरी जवान रमेश थिङ घाइते हुनुभएको छ ।

घाइते दुवै जनाको उपचार चितवन मेडिकल कलेजमा भएको छ । सरकार र मेडिकल कलेज सञ्चालकबीच दुई बुँदे सहमति भए पनि विद्यार्थीहरुले आन्दोलनलाई जारी राखेका छन् ।

विद्यार्थीले १९ गतेको बोर्डको वार्षिक परीक्षा बहिष्कार गरेका छन् । आन्दोलनरत विद्यार्थीले परीक्षा स्थलमा अवरोध गर्न थालेपछि प्रहरीसँग झडप भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

अन्य

भिडियो