INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा उपनिर्वाचन अनुगमन प्रतिवेदन सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत मङ्सिर १४ गते सम्पन्न भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको अनुगमन प्रतिवेदन मङ्सिर २० गते सार्वजनिक गरेको छ ।

आफ्ना प्रतिनिधि तथा प्रदेश कार्यालयहरूमार्फत अनुगमन गरी पाइएका तथ्यसहितको अनुगमन प्रतिवेदन सार्वजनिक गरिएको इन्सेकले जनाएको छ ।

‘निर्वाचन आचारसंहिता लागु भएदेखि निर्वाचन सम्पन्न भई मत परिणाम प्राप्त नहुञ्जेलसम्मका निर्वाचनसँग सम्बन्धित गतिविधिहरूको इन्सेकले अनुगमन गरी अभिलेख राखेको छ ।’–प्रतिवेदनमा भनिएको छ ।

निर्वाचन आचारसंहिता पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्

प्रतिवेदनमा आचारसंहिता उल्लङ्घनका ३२ ओटा घटना अभिलेख राखिएको उल्लेख छ । जसमध्ये सबैभन्दा बढी राजनीतिक दलबाट आचारसंहिता उल्लङ्घनका १५ घटना रहेको जनाइएको छ । निर्वाचन कार्यालयले पनि पाँच ओटा घटनामा आचारसंहिता उल्लङ्घन गरेको प्रतिवेदनमा औँल्याइएको छ ।

‘आचारसंहिता विपरीत काम भए कारबाही गर्ने अधिकार कानुनले निर्वाचन आयोगलाई प्रदान गरेको भए पनि त्यसको कार्यान्वयन पक्ष असाध्यै फितलो पाइयो । आचारसंहिता विपरीत गतिविधि भए उजुरी गर्ने व्यवस्था भए पनि छानबिन र दोषीलाई कारबाही गर्ने कार्यमा आयोग निरीहजस्तै देखियो ।’–प्रतिवेदनमा उल्लेख छ ।

आयोग सशक्त ढङ्गले क्रियाशील हुने हो भने आचारसंहिता कार्यान्वयन प्रभावकारी हुने भन्दै इन्सेकले आगामी दिनमा यस्ता क्रियाकलापमा आयोगको ध्यानाकर्षण गराएको छ ।

पूरा प्रतिवेदन पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्

अन्य

भिडियो