INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता रिहा भए लगत्तै पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी बाग्लुङका जिल्ला सदस्य ३१ वर्षीय महेन्द्र भण्डारीलाई जिल्ला अदालत गोरखाले रिहा गरे लगत्तै जिल्ला प्रहरी कार्यलय गोरखाले मङ्सिर १६ गते साँझ पुनः गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले कात्तिक २२ गते उनलाई गोरखा नगरपालिका–१३ मझुवा देउरालीबाट गिरफ्तार गरेको थियो ।

कात्तिक २२ गते भण्डारीविरूद्ध सार्वजनिक शान्तिविरूद्धको कसुरमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको थियो ।

गिरफ्तार परेको २५ दिनपछि भण्डारीलाई गोरखा अदालतले तारेकमा छाड्ने आदेश दिएसँगै मङ्सिर १६ गते रिहा गरेको थियो ।

भण्डारीलाई सोधपुछका लागि पुनः गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय डिएसपी मित्रबन्धु शर्माले बताउनुभयो ।

अन्य

भिडियो