INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिता उल्ङ्घन गरेको भन्दै २० उजुरी दर्ता, सबैभन्दा बढी सामाजिक सञ्जालमा आचारसंहिताको उल्लङ्घन

उपनिर्वाचनका क्रममा निर्वाचन आचारसंहिता विपरीतका गतिविधिहरूको भएको भन्दै निर्वाचन आयोगमा २० ओटा उजुरीहरू दर्ता भएका छन् ।

निर्वाचनमा सहभागी दलहरूबाट उम्मेदवार र उनीहरूका समर्थकहरूले आचारसंहिताको अवज्ञा भएको भन्दै उजुरी दर्ता भएको र परेका उजुरीहरूमाथि छानविन चलिरहेको निर्वाचित आयोगले जनाएको छ ।

आयोगमा दर्ता भएका मध्ये १४ ओटा सामाजिक सञ्जालको प्रयोग गरी आचारसंहिता उल्लङ्घन भएको र बाँकी ६ ओटा हातपात, सरकारी साधन स्रोतको दुरूपयोग, पदीय मर्यादा विपरीत प्रचारप्रसारमा सहभागी भएको लगायतका उजुरीहरू रहेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनले आचारसंहिता विपरीतका क्रियाकलाप भएको पाइए सम्बन्धित पक्षलाई कारबाहीको प्रक्रियाअघि बढाइने बताए ।
आयोगले उजुरीको प्रकृति हेरी छानबिन गरिरहेको समेत बताएको छ । यस्तै आयोगले उपनिर्वाचनका लागि अयोग्य ५ जना उम्मेदवारहरूको उम्मेदवारी पनि खारेज गरेको छ ।

यसअघिको निर्वाचनमा समानुपातिक सूचीबाट उम्मेदवार भई नाम सूचीबाट नहटाएका, सार्वजनिक पद धारण गरेका, सार्वजनिक मुद्दा खेपिरहेका उम्मेदवारहरूको उम्मेदवारी खोरेज गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

उनले आयोगको नियम अनुसार उजुरीको छानबिन पुरा नभएसम्म कुन पक्षबाट आचारसंहिता अवज्ञा भयो भनेर खुलाउन नमिल्ने बताए ।

अन्य

भिडियो