INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट निकट पार्टी अखिल क्रान्तिकारीका बर्दियाका जिल्ला अध्यक्ष अछाम जिल्ला कुर्माखान गाउँपालिका–१२ का २९ वर्षीय राम बिक र भेरी ब्युरो सदस्य कैलाली जिल्ला जानकी गाउँपालिका–९ का २७ वर्षीय बमबहादुर ताम्राकारलाई प्रहरीले मङ्सिर १२ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

गिरफ्तारीमा परेका नेकपा कार्यकर्ताद्वयलाई राजापुर नगरपालिका–४ सत्ती घाटमा स्थानीयको घरमा लुकेर बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले गिरफ्तार गरेको एसपी राजेशनाथ बास्तोलाले बताउनु भयो ।

अन्य

भिडियो