INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले मङ्सिर १० गते गिरफ्तार गरेको छ ।

बम विष्फोट गराएको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–१० का ३६ वर्षीय सिद्घान्त राई र त्रियुगा नगरपालिका–१२ की २८ वर्षीया अनिता गजमेरलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले बताउनु भयो ।

गिरफ्तारीमा परेका सो पार्टीका कार्यकर्ताले गत भदौ २ गते त्रियुगा नगरपालिका–६ जलजलेस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय भवनमा सिलिण्डर बम विष्फोट गराएको अभिलेख प्रहरीमा रहेकाले सोही अभिलेखका आधारमा आरोपितलाई गिरफ्तार गरेको एसपी बुढामगरले जानकारी दिनु भएको छ ।

अन्य

भिडियो