नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी दाङका जिल्ला अध्यक्ष २६ वर्षीय अनिल केसीलाई प्रहरीले मङ्सिर १२ गते गिरफ्तार गरेको छ ।
रोल्पा जिल्ला परिवर्तन गाउँपालिका–२ स्थायी घर भई महेन्द्र बहुमूखी क्याम्पस भरतपुर घोराहीमा अध्ययनरत केसीलाई मङ्सिर १२ गते जिल्लाका विभिन्न क्याम्पस तथा प्लस टु का विद्यार्थीहरूले घोराहीमा गरेको प्रदर्शनका क्रममा प्रहरीले गिरफ्तार गरेको हो ।
मङ्सिर १२ गते लिपुलेकलगायत सिमा अतिक्रमणका विरूद्ध विद्यार्थीहरूले घोराहीमा प्रदर्शन गरेका थिए । गिरफ्तार गरिएका केसीविरूद्ध सार्वजनिक अपराधसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी जनकप्रसाद भट्राईले बताउनु भयो ।