INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलौरी नगरपालिका–८ का २८ वर्षीय धनिराम चौधरीलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ११ गते उखुबारीमा लगेर बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय, बेलौरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, बेलौरीका इन्स्पेक्टर रणबहादुर चन्दले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ११ गते महाकाली अस्पताल, महेन्द्रनगरमा गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

अन्य

भिडियो