INSEC Online

📅 २०८३ जेष्ठ २१

उपनिर्वाचनका लागि भन्दै कास्कीका २९ ओटा विद्यालय तीन दिनका लागि बन्द

कास्की क्षेत्र नं २ मा यही मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै मतदान केन्द्र तोकिएका विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने पोखरा महानगरपालिकाले जनाएको छ ।

उपनिर्वाचनको मतदान केन्द्र तोकिएका पोखरा महानगरपालिकाका ११ ओटा वडाका २९ विद्यालयमा मङ्सिर १२ देखि १४ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरिएको पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख गङ्गाबहादुर गुरुङले जानकारी दिनुभयो ।
गुरुङले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोध बमोजिम सार्वजनिक विदा दिने निर्णय गरिएको बताउनुभयो ।

‘बिदाको समयमा विद्यालयमा अन्य कुनै प्रकारका कार्यक्रमसमेत आयोजना नगर्न पत्रमार्फत सूचित गरिएको छ ।’–गुरुङले भन्नुभयो ।

नेपाल सरकारले आठ वर्ष अगाडी घोषणा गरेको विद्यालय र विद्यार्थी शान्ति क्षेत्र हुन् भन्ने नारा आजसम्म पनि कार्यन्वयनमा आउन सकेको छैन ।

०६८ जेठ ११ गते नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्दै विद्यालयलाई सशस्त्र गतिविधि र अन्य किसिमका हिंसाबाट मुक्त राख्नु, विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्नु र विद्यालयलाई भेदभाव, दुर्व्यवहार, बेवास्ता र शोषणबाट मुक्त राख्नु भनी तीन ओटा मुख्य निर्देशिका जारी गरेको थियो ।

नेपाल वार एशोसियसनका केन्द्रिय उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापा मगरले निर्वाचनकै लागि तीन दिन विद्यालय बन्द गरिनु बाल अधिकारको हनन् भएको बताउनुभयो ।

उपनिर्वाचनका लागि ३२ मतदानस्थल र ८२ मतदान केन्द्र तोकिएको छ । विद्यालयबाहेक तीन वडा कार्यलयलाई समेत उपनिर्वाचनमा मतदानस्थल तोकिएको छ ।

photo20191127kaski (1)

photo20191127kaski (2)

अन्य

भिडियो