INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उमनपा–१३ का २८ वर्षीय बलदेव लम्साललाई मङ्सिर ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १८ गते तुलसीपुरस्थित एक होटेलमा बोलाएर बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २६ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको थियो ।

उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी हरिहरनाथ योगीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो